नेपाली काङ्ग्रेस लम्कीचुहा नगर समितिको कार्यालय थपालीपुरमा कात्तिक १५ गते राति अज्ञात समूहले आगजनी गरेको छ ।
रातिको समयमा कार्यालयमा आगो लागेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । पार्टी कार्यालय भित्र गाडीको टायर र पेट्रोल र्छर्केर आगो लगाइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कार्यालयमा रहेका केही कागजात जलेको बताउँदै आगो कसले र किन लगाइएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका इन्सपेक्टर नैनसिंह साउदले जानकारी दिए ।