INSEC Online

📅 २०८३ जेष्ठ २१

फूजेल हत्या प्रकरणः १८ औँ पटक पेशी सर्‍यो

गोरखा फुजेलका कृष्ण अधिकारीको हत्यासम्बन्धी मुद्दामा कात्तिक १२ गते आइतबारका लागि पेशी तोकिएकोमा पुनः अर्को पेशी मिति तोकिएको छ ।

चितवन अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार मङ्सीर २५ गते सोमबारका लागि १८ औं पटक पेशी चढेको हो ।

०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका थिए । त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी उजुरी दिएका थिए । अधिकारीको हत्या ०६१ जेठ २४ गते अपहरण पछि माओवादी कार्यकर्ताले गरेका थिए ।

अन्य

भिडियो