INSEC Online

📅 २०८३ श्रावण १२

समाचार

उपनिर्वाचन ०८१– आचारसंहिता विपरित मोटरसाइकल र्‍याली

इलाम निर्वाचन क्षेत्र न.२ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवारले मौन अवधि सुरूआत हुनु पूर्व सन्ध्यामा निर्वाचन आचारसंहिता विपरित मोटरसाइकल र्‍याली निकालेको इन्सेक अनुगमनका क्रममा पाइएको छ

बालसुधार गृह भवनको तीन तलामाथिबाट हामफालेर भाग्न खोज्दा बालबन्दी घाइते

डुडुवा गाउँपालिका–६, आसमानपुर स्थित ०८१ वैशाख ११ गते जयेन्दु बालसुधार गृह भवनको तीन तल्ला माथिबाट हामफालेर भाग्न खोज्दा १७ वर्षीय बालबन्दी घाइते हुनुभएको छ । बालसुधार गृहको नाइकेले बालकलाई साना

स्वास्थ्य चौकीमा पर्याप्त स्रोतसाधनको अभावले सुत्केरी आमाको मृत्यु

सर्केगाड गाउँपालिका–७ रोडिकोट स्थित रोडिकोट स्वास्थ्यचौकीमा पर्याप्त स्रोतसाधन अभावले वैशाख ९ गते राति सोही गाउँपालिका–७ रोडिकोट गाउँकी २८ वर्षीया रीता देवकोटाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसुति गराउन अस्पतालमा ल्याएको

लिमीमा पुगेन पाठ्यपुस्तक, विद्यार्थी पठनपाठनबाट वञ्चित

जिल्लाभरका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेर पठनपाठन सुरु भए पनि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका विद्यालयमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । सिमकोटमा आइपुगेका पाठ्यपुस्तक लिमी ल्याउन नसकिएको नाम्खा गाउँपालिका–६

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–२ का २४ वर्षीय यज्ञराज बुढालाई वैशाख १० गते गिरफ्तार गरेको छ । सिमकोट गाउँपालिका–५ स्थित जङ्गलमा वैशाख १ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

६६ वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले लिम्चुङबुङ गाउँपालिका-४ लाकुका ५७ वर्षीय श्यामशेर राईलाई वैशाख १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ वैशाख ९ गते बलात्कार

ज्येष्ठ नागरिकको हत्या घटनाका आरोपित गिरफ्तार

सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुर का ६८ वर्षीय बिल्टु रामको हत्या गरेको आरोपमा सोही ठाउँका ४० वर्षीया रीता खत्वेलाई प्रहरीले ०८१ वैशाख ८ गते गिरफ्तार गरेको छ । सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुर का

बलात्कार कसुरमा १० वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई  बलात्कार गरेको कसूर ठहर गर्दै जिल्ला अदालतले गल्छी गाउँपालिका–४ का २४ वर्षीय शिवराम भारती भनिने शिवराम सन्यासीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश 

लोकतान्त्रिक आन्दोलनमा इन्सेक (फोटो फिचर)

मानव अधिकारका आधारभूत व्यवस्थालाई समेत अङ्कुश लगाएपछि लोकतन्त्र प्राप्तिको आन्दोलन भएको थियो । २०६३ वैशाख ११ गते निरङ्कुश शासन सत्ता चलाइरहेका राजा ज्ञानेन्द्रले शाही घोषणामार्फत १९ दिनसम्म चलेको जनआन्दोलनको बलमा

इन्सेकको कार्यालयमा समाजिक सचेतना र शिक्षामूलक चलचित्र “अग्नी दहन” प्रदर्शन

राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले तयार पारेको समाजिक सचेतना  तथा  शिक्षामूलक चलचित्र  “अग्नी दहन” वैशाख १० गते इन्सेकको प्रकाश स्मृति हलमा प्रदर्शन गरिएको छ । च्यारीटी चलचित्रमा नेपालमा पुस्तौँदेखि रुढीवादी परम्परा,

छोरीलाई घाइते बनाएको आरोपमा बाबु गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका-८ सलकपुरकी १८ वर्षीया नम्रता झाँगडलाई घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षीय बाबु तेजबहादुर झाँगडलाई गिरफ्तार गरेको छ । खाना पकाउने विषयमा विवाद भएपछि बाबुले ०८१ वैशाख ९ गते

विद्यालय परिसर भित्रै शिक्षकमाथि कुटपिट

चौतारा सागाचोकगढी नपा– ५ घरभई सोहि ठाउँ स्थित श्री कृष्णरत्न गंगा माविमा कार्यरत शिक्षकद्वय ५० वर्षीय हरिगोपाल श्रेष्ठ र ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई ०८१ वैशाख ९ गते चौतारा सागाचोकगढी नपा–

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया पूर्ण अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुबीभ्याली  गाउँपालिका–४  का   ३५  वर्षीय निक्क तामाङलाई   फागुन ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८१ वैशाख ४ गते

बेचविखन प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

नौ वर्षीया बालकलाई बेचबिखन प्रयास गरेका आरोपित बरहथवा नगरपालिका–४ का ३८ वर्षीय विनोदकुमार चौधरी र ४१ वर्षीय सुरजकुमार चौधरी विरुद्ध ०८१ वैशाख ९ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा

‘कथित बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

गोडैता नगरपालिका–१० सिसौटिया की ४१ वर्षीया राजो देवी खत्बेलाई सोही ठाउँका ३७ वर्षीय रामविनय कुमार यादवले ‘कथित बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका– ८ का २१ वर्षीय बिशाल श्रेष्ठलाई वैशाख ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० भदौ ५ गते पीडित घरमा

बेचबिखन प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेका आरोपित विष्णु गाउँपालिका–६ का ३६ वर्षीय प्रभाकर कुमार यादव विरुद्ध ०८१ वैशाख ९ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित पक्षले उजरी दिनु भएको छ

महाकाली प्रादेशिक अस्पतालमा रेविज खोपको अभाव, रेविज प्रभावितहरु समस्यामा

महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा निःशुल्क रुपमा पाइने रेविज खोपको अभाव भएपछि त्यस क्षेत्रका बिरामी तथा रेविज सङ्क्रमितहरु समस्यामा परेका छन् । महाकाली प्रादेशिक अस्पतालमा रेविज खोपको अभाव भएपछि आफूहरुले सास्ती

‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

बरहथवा नगरपालिका–८ की ४४ वर्षीया सरिका दिवानीलाई सोही ठाउँका ३७ वर्षीय अक्लु भनिने अनिकेश यादवले ‘कथित बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा ०८१ वैशाख

विवाहअघि थप दाइजो माग, एक जना गिरफ्तार

चक्रघटा गाउँपालिका–८ औरही की २० वर्षीया काजलकुमारी साहले आफूसँग विवाह निश्चित भएका मलंगवा नगरपालिका-२ का २० वर्षीय सुवोधकुमार साह विरूद्ध थप दाइजो माग गरेको आरोपमा प्रहरीमा उजुरी दिनु भएको छ