३६ वर्षीया पूर्ण अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुबीभ्याली गाउँपालिका–४ का ३५ वर्षीय निक्क तामाङलाई फागुन ९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०८१ वैशाख ४ गते घरमा कोहि नभएको बेला घिसार्दै लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
घटना लगत्तै गाउँलेहरू थाहा पाए पछि आरोपित फरार रहेको खाेजीका क्रममा लुकेर बसेकाे भन्ने सूचनाका अधारमा गिरफ्तार गरिएकाे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अभय लामाले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ६ गते धादिङ अस्पतालमा गरिएको छ ।