६६ वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले लिम्चुङबुङ गाउँपालिका-४ लाकुका ५७ वर्षीय श्यामशेर राईलाई वैशाख १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८१ वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १० गते इलाका प्रहरी कार्यालय, लिम्चुङबुङमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १० गते गरिएको छ ।