१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूर ठहर गर्दै जिल्ला अदालतले गल्छी गाउँपालिका–४ का २४ वर्षीय शिवराम भारती भनिने शिवराम सन्यासीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले वैशाख ९ गते कसुरदारलाइ १० वर्ष कैद ५ लाख रुपियाँ जरिबना गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार माधव भण्डारीले बताउनु भयो ।
पीडितलाई आरोपितले अन्तिम पटक ०८० असार ९ गते बलात्कार गरेको भन्दे पीडित पक्षले असार १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई असार १० गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार १० गते धादिङ अस्पतालमा गरिएको थियो ।