INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार

मानव अधिकार समितिद्वारा सङ्क्रमणकालीन न्यायको ऐन संशोधन गर्न सरकारलाई निर्देशन 

व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने

बहिर्गमित लडाकुलाई २ लाख रुपियाँ दिने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अयोग्य लडाकुलाई २ लाख रुपियाँ दिने भनी सरकारले ल्याएको बजेटको १९ नम्बर बुँदाले गरेको व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश गोपालप्रसाद पराजुलीको भदौ ८ गतेको

पत्नीको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

तेरहौता गाविस-५ नयाँ वस्तीकी ३५ वर्षीया सन्तोषी चौधरी राईको हत्या गरेको कसुरमा मृतकका ३७ वर्षीय पति नरेश राईलाई जिल्ला अदालतले भदौ ८ गते जन्मकैद सजायको फैसला गरेको छ । न्यायाधीश

बलात्कार गरेको ठहर गर्दै १० वर्षकैदको फैसला

३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका त्रियुगा नपा-५ वेहेडवाका ३५ वर्षीय शुभकरण चौधरीलाई जिल्ला अदालतले भदौ ८ गते १० वर्षकैद र १० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको आरोपमा तारिखमा छुटेका चिसापानी गाविस-५ का २८ वर्षीय दुर्गाप्रसाद भट्टराईलाई जिल्ला अदालतले एक वर्षकैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले भदौ

बजेटको कमी छैन, संस्कारको कमी छः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मधेसको विकासको लागि बजेटको कमी नभएर संस्कारको कमी भएको बताएका छन् । सिरहाको भलुवाहीमा भदौ ८ गते इन्सेकको साझेदार संस्था नेपाल अपाङ्ग

इन्सेक अध्यक्षद्वारा सांसदलाई जिम्मेवार बनाउनु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले चुनावबाट निर्वाचित सांसदलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका छन् । सप्तरीको रायपुर गाविसमा भदौ ७ गते इन्सेकको साझेदार संस्था दलित सेवा

क्षमता भन्दा तेब्वर कैदीबन्दी राखिएकाले खानेपानी तथा बसोबासमा समस्या

जिल्ला कारागार सल्यानमा क्षमता भन्दा तेब्वर कैदीबन्दी राखिएकाले खानेपानी तथा बसोबासमा समस्या भएको यहाँका कैदीबन्दीले गुनासो गरेका छन् । कारागार मा २० जना पुरुष र  पाँचजना महिलाको  क्षमता भए पनि हाल

बलात्कार घटनाका आरोपितलाई कानुनी कारबाहीको माग

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित जाजरकोट जिल्ला भेरीमालिका नपा-८ घरभई नेपालगञ्ज उपमनपा-५ गणेशपुर बस्दै आएका ३० वर्षीय शिव शाहीलाई पीडित पक्षले कानुनी कारबाहीको माग गरेका छन् । पीडित

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका इभाङ् गाविस-१ का ३२ वर्षीय सञ्जयकुमार राईलाई जिल्ला अदालतले एक वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको

गणतन्त्र सत्तामा मात्र आयो नागरिकसम्म पुगेनः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मुलुकको सत्तामा गणतन्त्र आएपनि नागरिकले त्यसको अनुभूति गर्न नपाएको बताएका छन् । जागरण नेपालले सुनसरीको सदरमुकाम इनरुवामा भदौ ६ गते आयोजना

बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

२० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भुतही गाविस-८ का ५० वर्षीय रामचन्द्र प्रमाणीलाई जिल्ला अदालतले भदौ ६ गते २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

विस्थापितको पुनर्बास र अनुदान सम्झौता गराउन माग

नुवाकोट र रसुवा जिल्लालाई हेर्ने नुवाकोटको विदुरमा रहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयमा रसुवाका भूकम्प पीडितहरूले विस्थापितलाई पुनर्बास गराउन माग गरेका छन् । भदौ ६ गते पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयका

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

पूर्व-पश्चिम लोकमार्गको झलारी-वाणी खण्डमा अवस्थित जङ्गलमा ३५ वर्षीया एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा झलारीपिपलाडी नपा-११ का २७ वर्षीय अम्मर विष्टलाई भदौ ६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित

अछाममा १५ हजार मेट्रिकटन खाद्यन्न अभाव

लामो खडेरीका कारण गएको आर्थिक वर्षको अन्नबाली उत्पादनमा कमी आएपछि अछाम जिल्लामा १५ हजार भन्दा बढी प्रशोधित खाद्यन्न अभाव रहेको र यसवर्षअघिल्लो आर्थिक वर्ष०७२/७३ भन्दा दोब्बर खाद्यन्न अभाव देखिएको जिल्ला

बालविवाह घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा रकु गाविस-२ का २१ वर्षीय मन्दिरे सार्कीलाई प्रहरीले भदौ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित सार्कीले वैशाख २५ गते बालविवाह गरेको

बुहारीको हत्या गरेको आरोपमा ससुराविरुद्ध उजुरी

चौतारा नपा-२ गिदानेकी १९ वर्षीया सरिता मगरलाई हत्या गरेर जङ्गलमा पुर्‍याई झुण्ड्याएको आरोपमा ५२ वर्षीय तेजबहादुर थापामगर विरुद्ध ०७३ भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

सीमाङ्कनको विरोधमा भएको आन्दोलनमा ज्यान गुमाएका कुँवरको प्रथम स्मृति दिवस

सङ्घीय संरचनामा कर्णाली अञ्चललाई सुदूरपश्चिमसँग गाभेको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका ताम्ती गाविस-१ सर्मीगाउँका २५ वर्षीय हरिबहादुर कुँवरको सम्झनामा भदौ ६ गते श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । विशेष

दुई सन्तानलाई विष खुवाएर हत्या गरी आमाद्वारा आत्महत्या

बेलौरी नपा – १४ भुडाकी २४ वर्षीया बसन्ती चौधरीले चार वर्षीय छोरा दिपेस चौधरी र सात वर्षीया छोरी जस्मिन चौधरीलाई ०७३ भदौ ५ गते विष सेवन गराएर हत्या गरेकी छिन्

कथित बोक्सीको आरोपमा कुटपिट गर्नेविरुद्ध उजुरी

लक्ष्मीपुर गाविस- १ की ३६ वर्षीया रामदुलारी यादवलाई भदौ ३ गते बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा सोही गाविस-९ का ३७ वर्षीय बेचन महतो, ३१ वर्षीय सुलन महतो, २२ वर्षीय रविन्द्र