बहुविवाह गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका इभाङ् गाविस-१ का ३२ वर्षीय सञ्जयकुमार राईलाई जिल्ला अदालतले एक वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले भदौ ६ गते विवाहवारी महलको १० नम्बर बमोजिम कसुर ठहर गर्दै राईविरुद्ध फैसला सुनाएको हो ।
राईलाई इभाङ गाविसकी ३१ वर्षीया निरु राईसँग ०७२ चैत ३ गते बहुविवाह गरेको आरोपमा प्रहरीले चैत २५ गते गिरफ्तार गरेको थियो ।
उनीहरू विरुद्ध सञ्जयकुमारकी जेठी पत्नी २८ वर्षीया सुष्मा राईले ०७२ चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । निरुलाई भने अदालतले सफाइ दिएको श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।