INSEC Online

📅 २०८३ जेष्ठ २१

गणतन्त्र सत्तामा मात्र आयो नागरिकसम्म पुगेनः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मुलुकको सत्तामा गणतन्त्र आएपनि नागरिकले त्यसको अनुभूति गर्न नपाएको बताएका छन् ।

जागरण नेपालले सुनसरीको सदरमुकाम इनरुवामा भदौ ६ गते आयोजना गरेको सरोकारवालासँगको छलफल कार्यक्रममा अध्यक्ष प्याकुरेलले राज्यले दायित्व पूरा गर्न नसकेकाले नागरिकले गणतन्त्र आएको अनुभूति गर्न नपाएको बताएका हुन् । संविधानले दिएका अधिकार नागरिकले प्राप्त गर्न नसकेको भन्दै उनले नागरिकको स्तरबाट उठेको चेतना र केन्द्रबाट दिइने सन्देश साझा नहुञ्जेलसम्म नागरिकका अधिकार कागजमा मात्र सीमित हुने बताए ।

उनले समाज विकासको क्रममा कुनै पनि सिद्धान्त लागु नहुने बताए । समाज विकासको गतिमा अगाडि बढेको र राज्यले त्यस अनुसारको प्रत्याभूति गर्न नसकेको भन्दै नागरिको तर्फबाट सधैं अधिकारका लागि लडनु पर्ने अवस्था रहेको उनको भनाइ थियो । सरकार र गैरसरकारी संस्थाहरूको साझा एजेण्डा भएमात्र नागरिकका अधिकारहरू चाँडै स्थापित हुने उनले बताए ।

कार्यक्रममा जागरण नेपालकी अध्यक्ष शर्मिला कार्कीलगायतले सुनसरीको मानव अधिकार र महिला समावेशीकरण र राजनीतिमा महिलाको सहभागिताका बारेमा छलफल गरेका थिए ।

अन्य

भिडियो