INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

सन्धिखर्क नपा–१५ डिर्भनाकी १९ दिनकी सुत्केरी २३ वर्षीया अञ्जना श्रेष्ठलाई छोरी जन्माएको आरोपमा कुटपिट गरेको आरोपमा २५ वर्षीय पति नारायण श्रेष्ठलाई प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ ।

भदौ २९ गते जिल्ला अस्पतालबाट छोरीको उपचारपछि घर फर्कँदै गर्दा बेहोस हुनेगरी कुटपिट गरी जङ्गलमा छोडेर घर गएको आरोपमा पीडितका आफन्तले भदौ ३१ गते नारायणविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

सन्धिखर्कको ओख्रे जङ्गलमा छोरी जन्माएको भन्दै १९ दिनकी सुत्केरी पत्नीलाई नारायणले भदौ २९ गते कुटपिट गरेको पीडित महिलाले बताइन् ।

‘विवाह भएको एक वर्षदेखि बच्चा नजन्माएको भन्दै कुटपिट गर्नुहुन्थ्यो । बच्चा भएपछि छोरी जन्माई भनेर गालिगलौज गरिरहनुभयो । भदौ २९ गते दिउँसो छोरीको उपचार पछि घर आउँदै गर्दा बाटोमा तंैले छोरी जन्माउने भन्दै कुटपिट गरेपछि बेहोस भई लडेँ ।’ अञ्जनाले भनिन् ।

पतिको कुटपिटका कारण अञ्जनाको टाउको र शरीरको अन्य भागमा स–साना चोटहरू भएको प्रहरीले जनायो ।

सूचनाको आधारमा प्रहरीले भदौ ३० गते खोजतलास गर्दै जाँदा अञ्जनालाई सन्धिखर्कको ओख्रे जङ्गलमा फेला पारेपछि सोही दिनदेखि जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गराइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजन राजभण्डारीले जानकारी दिए ।

अन्य

भिडियो