INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्धेश्यले सञ्चालित परियोजनाको परिचय कार्यक्रमका अवसरमा जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन गरिएको छ । उक्त कार्यक्रममा इन्सेक केन्द्रीय कार्यलयका

बलात्कार गरेको ठहरसहित ८ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरसहित मुभुङ्ग-७ पाल्पाका २० वर्षीय करण कार्कीलाई जिल्ला अदालत पाल्पाले पुस ५ गते ८ वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश डिल्लीरमण तिवारीको एकल इजलाशले

राष्ट्रिय दलित आयोग विधेयकमाथि सुझाव

राष्ट्रिय दलित आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सरोकार भएका र विज्ञसँग रायसुझाव लिने कार्य सुरु गरिएको छ । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानव अधिकार समितिले आयोगमाथि पुस ५ गतेदेखि

गाविस सचिवले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै गाँउ परिषद स्थगित

गाविस सचिवले गाउँमा सामाजिक सुरक्षा वापतको रकम वितरण नगरेको भन्दै पुस २ गते तय गरिएको राया गाविसको नवौँ गाउँ परिषद राजनीतिक दलका तर्फबाट स्थगित गराइएको राया गाविस-१ का स्थानीयबासी विष्णुबहादुर

बुटवलमा अन्दोलन, प्रहरी बिटमा आगजनी, प्रहरीको ढुङ्गा प्रहारबाट कारमा क्षति, एक घाइते

युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा बुटवलमा युवा, विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले बुटवलको राजमार्ग चौराहामा रहेको प्रहरी बिटमा आगजनीसमेत गरेका छन् । आगजनीबाट बिटमा क्षति पुगेको

रोम विधान अनुमोदनका लागि अभियान जारी राख्नु पर्नेमा जोड

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदनका लागि अभियान जारी राख्नु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जुरी नेपालको संयुक्त आयोजनामा पुस ४

कथित बोक्सी भगाउने भन्दै अमानवीय व्यवहार गरेको कसुरमा जरिबाना र कैदको फैसला

कुपिण्डेदह-४, ज्यामिरेकी २० वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा चार जनालाई जिल्ला अदालत सल्यानले पाँच वर्ष कैदको फैसला सुनाएको छ । कुपिण्डेदह-४ ज्यामिरेकी २० वर्षीया एक महिलालाई अमानवीय व्यवहार गरेको

शान्ति निर्माणमा भूमिका खेलेको भन्दै शान्ति समितिद्वारा इन्सेक सम्मानित

जिल्लामा सशस्त्र द्वन्द्वको समय र हालसम्म मानव अधिकार र शान्ति निर्माण प्रक्रिया महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा स्थानीय शान्ति समिति झापाले इन्सेक झापालाई पुस ४ गते एक समारोहकाबिच सम्मान गरेको छ

बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकासँग विवाह गर्न लागेको आरोपमा लालिगुराँस नपा-९ का २७ वर्षीय दिपु लिम्बू र लालिगुराँस नपा-११ की ३९ वर्षीया निर्मला लिम्बूलाई प्रहरीले पुस ३ गते लसुनेबाट गिरफ्तार गरेको छ

बलात्कार गरेको ठहरसहित १० वर्ष कैदको फैसला

१६ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको ठहरसहित रामपुर नपा-१४ खालीवनका २४ वर्षीय मनबहादुर खाम्चालाई जिल्ला अदालत पाल्पाले पुस ४ गते १० वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश डिल्लीरमण

अज्ञात समूहको गोली प्रहारबाट युवा सङ्घका रुपन्देही जिल्ला अध्यक्षको हत्या

युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी देवदह नपा-६ खैरेनीका ३९ वर्षीय दुर्गा तिवारीको पुस ४ गते साँढे ३ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ

सडक नाटक र र्‍यालीसहित आप्रवासी दिवस मनाइयो

आप्रवासी कामदार हकहित संरक्षण केन्द्रले चेतनामूलक सडक नाटक र र्‍याली गर्दै कञ्चनरुपमा पुस ३ गते १७ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाएको छ । ‘सुरक्षित वैदेशिक रोजगारको प्रतिबद्धता, हामी सबैको ऐक्यबद्धता’

नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

नेपालको राष्ट्रिय मानव अधिकार आयोग र कतारको राष्ट्रिय मानव अधिकार समितिबीच आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी समझदारीपत्रको कार्यान्वयन योजनामा पुस ३ गते हस्ताक्षर भएको राससले जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा इन्सेक प्रतिनिधि

राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सञ्चालित लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र जिल्ला समन्वय समितिमा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल छानिएका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई एकवर्षदेखि लगातार बलात्कार गरेको आरोपमा ३८ वर्षीय बावुलाई प्रहरीले पुस ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७२ साउनदेखि लगातार ०७३ कार्तिकसम्म बलात्कार गरेको आरोपमा

आम हडतालको तेस्रो दिन पनि बन्द र प्रदर्शन

तीन दिनदेखि पश्चिम नेपालका विभिन्न जिल्लामा जारी आमहड्तालले आज पनि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको खबरहरू इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार सरकारले

भवन निर्माण ढिलाइले पुरुष कैदीबन्दी जोखिममा

पुरुष बन्दी गृह समयमा बनाउन नसकेका कारण पाल्पा कारागारका कैदीबन्दीहरू भत्कँदै लागेको भवनमा जोखिम मोलेर बस्न बाध्य भएका छन् । ०६८ असार १६ गते सम्झौता भई ०७० वैशाख १६ गतेसम्म

विविध कार्यक्रम गरी आप्रवासी कामदार दिवस मनाइयो

आप्रवासी कामदार र तीनका परिवारका सदस्यको अधिकारको माग गर्दै पुस ३ गते कास्कीमा प्रभातफेरीलगायतका कार्यक्रम गरी आप्रवासन दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस-२०१६ मूल समारोह समिति कास्कीको आयोजनामा गरिएको

गत वर्ष छाउगोठ मुक्त घोषित गाउँको छाउपडी गोठमा एक बालिकाको मृत्यु

छाउगोठमुक्त घोषित गाज्रा गाविस-७ की १५ वर्षीया रोशनी तिरुवाको छाउगोठमै मृत अवस्थामा फेला परेकी छन् । पुस २ गते साँझ ६ बजेतिर खाना खाएर छाउगोठमा सुत्न गएकी रोशनी पुस ३

सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानु उपयुक्त

सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा गए वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित हुने काठमाडौँमा पुस २ गते आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा अयोजित