१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरसहित मुभुङ्ग-७ पाल्पाका २० वर्षीय करण कार्कीलाई जिल्ला अदालत पाल्पाले पुस ५ गते ८ वर्षकैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश डिल्लीरमण तिवारीको एकल इजलाशले ८ वर्षकैदसहित पीडितलाई १० हजार रुपियाँ भराइदिने गरी फैसला सुनाएको अदालतका स्रेस्तेदार सुवर्ण खनालले बताए ।
०७० फागुन २९ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडितले ०७० फागुन ३० गते जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दर्ता गराएका थिए ।