INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई एकवर्षदेखि लगातार बलात्कार गरेको आरोपमा ३८ वर्षीय बावुलाई प्रहरीले पुस ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७२ साउनदेखि लगातार ०७३ कार्तिकसम्म बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

उक्त कुरा आमालाई भनेको भन्दै आरोपितले पीडित बालिकालाई पुस १ गते कुटपिट गरेकोसमेत पीडितले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचार राप्ती उपक्षेत्रीय अस्पतालमा पुस ३ गते गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाशराज शर्माले बताए ।

अन्य

भिडियो