वीरेन्द्रनगर नपा-१० एयरपोर्ट चोककी ७१ वर्षीया टिकावती खनालको हत्या गरेको आरोपमा प्रहरीले उनका ३८ वर्षीय छोरा रवि खनाललाई भदौ ८ गते घरबाटै गिरफ्तार गरेको छ ।
वैदेशिक रोजगारीको क्रममा घरविदामा आएका खनालले भदौ ७ गते आमालाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरायसी विवादको कारण आमालाई रविले कुटपिट गरेको कारण मृत्यु हुन पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले बताए ।
मृतकको पोष्टमार्टम क्षेत्रीय अस्पताल सुर्खेतमा भदौ ९ गते गरी दाहसंस्कारसमेत गरिएको प्रहरीले जनाएको छ ।