सङ्क्रमणकालीन न्यायको प्रक्रिया पारदर्शी बनाउन अधिकारकर्मीको माग
जवाफदेहिता निगरानी समिति नेपालले सङ्क्रमणकालीन न्यायको प्रक्रियामा भइरहेको ढिलाइ, अपेक्षित प्रगतिको अभाव र अपारदर्शिताप्रति गम्भीर चासो ब्यक्त गर्दै विगतमा उठान गरिएका मागहरु तत्काल कार्यान्वयन गर्न पुनः जोड दिएको छ ।





