INSEC Online

📅 २०८३ असार १३

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेन्छयायेम गाउँपालिका–५ का ६२ वर्षीय चन्द्रराजु खापुङलाई भदौ ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७९ वैशाख ११ गते बलात्कार गरेको

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, कैलालीले गोदावरी नगरपालिका–११ ओलानीका ४९ वर्षीय धौले भन्ने कर्णबहादुर बोहरालाई भदौ ८ गते  १९ वर्ष कैद सजायको फैसला गरेको छ । भदौ

बलात्कार आरोपित र बालकको डिएनए टेष्ट गर्न उच्च अदालतको आदेश

उच्च अदालत जनकपुरले महोत्तरी जिल्ला जलेश्वरकी २१ वर्षीया सोनाली सिंह राजपुत (निहारिका) को मुद्दामा डीएनए जाँच गर्न भदौ ८ गते आदेश दिएको छ । उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी

सादा पोशाकका प्रहरीद्वारा हवाइ फायर, तीन प्रहरी घाइते

बलान बिहुल गाउँपालिका–४ बेल्हीका घुरन साहको घर खानतलासी गर्न स्थानीयले अवरोध गरेपछि भदौ ७ गते प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ । तस्करी गरी समान राखिएको साहको घर खानतलासी

खर्च विवरण नबुझाउने १ हजार ३ सय ६६ उम्मेदवारले बुझाए स्पष्टिकरण

महिनौ दिनसम्म निर्वाचन खर्च विवरण बुझाउन अटेर गर्ने उम्मेदवारहरुमध्ये १ हजार ३ जना ६६ उम्मेदवारले एक सातामा स्पष्टिकरण बुझाएका छन् । कानुनले तोकेको ३० दिनको अवधिमा २ सय ४६ जनाले

सासूलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया अपाङ्गता भएकी जयसरा न्यौपानेलाई भदौ ८ गते कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीया बुहारी धर्मा न्यौपाने र ३० वर्षीया देवीसरा न्यौपानेलाई गिरफ्तार गरेको छ

स्वास्थ्यकर्मीको व्यवस्थापन नहुँदा सेवाग्राही मर्कामा

नेचासल्यान गाउँपालिका–३ बतासेकी ३३ वर्षीया ममता राई दाँतको उपचार नभएपछि  प्राथमिक  स्वास्थ्य केन्द्र सल्यानबाट भदौ ७ गते घर फर्कँदै गरेको अवस्थामा तिङ्लामा भेटिनु भयो । गाउँको स्वास्थ्य चौकीमा उपचार सम्भव

बिरामी हुँदा हेलिकप्टरको पर्खाई कि त जङ्गली जडिबुटीकै भर

गाउँमा स्वास्थ्यचौकी भए पनि औषधीको अभावमा जुगल गाउँपालिका–३ तेम्बाथानका नागरिकहरू बिरामी हुँदा उपचारको लागि हेलिकप्टर पर्खेर काठमाडौँ पुग्छन् की त जङ्गली जडिबुटीकै भरमा पर्छन् । सामान्य उपचारको लागि त तेम्बाथानमा

बालक हत्या घटना कसुरमा जन्मकैदको फैसला

हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका १७ वर्षीय सुरज साह स्वर्णकारको हत्या कसुरमा तीन जना विरुद्ध जिल्ला अदालतले भदौ ७ गते अभियोग दावी पुग्ने फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ८ गते)

भदौ ८ गते २ सय ४२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९६ हजार २ सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४

सेवा, सुविधा र अवसर पाउनुुपर्ने भन्दै अपाङ्गता भएका व्यक्तिद्वारा गाँउपालिकामा धर्ना

म्याग्दे गाउँपालिका–७ का ४० वर्षीय दिपकप्रसाद भण्डारी विभिन्न सेवा, सुविधा र अवसर पाउनु पर्ने माग गर्दै ०७९ भदौ ८ गतेदेखि म्याग्दे गाउँपालिकामा अनिश्चितकालिन धर्ना बस्नु भएको छ । सवारी दुर्घटनामा

यातायात मजदुरमाथि धारिलो हतियार प्रहार

वीरेन्द्रनगर नपा–९ घरभई हिल्सा यातायात समिति, सुर्खेतमा कार्यरत ३४ वर्षीय यातायात मजदुर ललित गुरुङ्गलाई भदौ ७ गते दिउँसो सोही ठाउँका ३८ वर्षीय उपेन्द्र शाही र पटक शाहीले धारिलो हतियार प्रहार

कार्यालय प्रमुखलाई मोसो दलेको घटनाका आरोपित गिरफ्तार

जनक शिक्षा सामाग्री केन्द्र कर्णाली प्रादेशिक कार्यालयका प्रमुख ५२ वर्षीय धनबहादुर केसीलाई अमानवीय व्यवहार गरेको घटनाका आरोपित कालिकोट जिल्ला सानीत्रिवेणी गाउँपालिका–६ का ३१ वर्षीय राज सिहं भन्ने (कमलबहादुर सिंह) लाई

क्षमता भन्दा बढी कैदी /बन्दी हुँदा सुत्न पालो कुर्नुपर्ने बाध्यता

क्षमता भन्दा तेब्बर कैदी / बन्दी राखेका कारण कैदी बन्दीहरूले पालो कुरेर सुत्नुपर्ने बाध्यता रहेको छ । १ सय ५० जनाको क्षमता रहेको कारागारमा अहिले ४ सय ६४ जना कैदी

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित सान्नित्रिवेणी गाउँपालिका–१ का १८ वर्षीय विनोद तिरुवालाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपित तिरुवा विरुद्ध भदौ ४ गते

मनोसामाजिक क्षेत्रलाई प्राथामिकतामा राख्नुपर्नेमा सभापति वलीको जोड

कर्णाली प्रदेश सभाका सामाजिक विकास समितिका सभापति देवी वलीले मनोसामाजिक क्षेत्रलाई सरकारले प्राथामिकतामा राख्नुपर्ने विषयमा जोड दिनुभएको छ । स्वास्थ्य, शिक्षा, पूर्वाधारसँगै मनोसामाजिक क्षेत्रलाई पनि प्रदेश सरकारले प्राथामिकतामा राख्ने बताउनुभएको

जिल्ला अस्पतालमा चिकित्सक अभाव, सेवाग्राहीलाई सकस

जिल्ला अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा स्वास्थ्य सेवाग्राहीलाई सेवा लिन सकस भएको छ । दरबन्दीका अनुसारका चिकित्सक नहुँदा जिल्ला अस्पतालले दैनिक रूपमा प्रवाह गर्ने स्वास्थ्य सेवा समेत नियमित हुन सकेको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

इनरूवा नगरपालिका–४ की २३ वर्षीया अनितादेवी खत्वेको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति विनोदकुमार खत्वेलाई घटना भएको पाँच वर्षपछि भदौ ६ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इटहरी उपमहानगरपालिका–२ का ४१ वर्षीय सुवास दङ्गालाविरूद्ध भदौ ६ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले

बन्दको दिन विद्यार्थी पढिरहेको बेला कक्षाकोठाको झ्यालमा ढुङ्गा प्रहार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा लगायत चार राजनीतिक दलद्वारा भदौ ७ गते आह्वान गरिएको नेपाल बन्दको दिन व्यास नपा–२ दमौलीस्थित सत्यवती माविको कक्षाकोठाको झ्यालमा ढुङ्गा प्रहार गरिएको छ । भित्र