INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भोजपुर नपा-११ आम्तेककी ३२ वर्षीया मुना मोक्तानलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति हर्क मोक्तानलाई चैत २० गते गिरफ्तार गरेको छ । चैत २० गते बिहान

घरका नक्सापास नहुँदा भूकम्प पीडितले घर बनाउन पाएनन्

ओखलढुङ्गाको सिद्धिचरण नपाका भूकम्प पीडितहरूले नगरपालिकाले नक्सापास नगरिदिँदा घर बनाउन पाएका छैनन् । नक्सापास नगरपालिकाले अनिवार्य गरे पनि आवेदन दिएका १ सयभन्दा बढी भूकम्प पीडितका नक्सापास भएका छैनन् । नक्सा

अक्षर चिन्न ‘आमा’हरू निरन्तर कक्षा धाउँदै !

धुर्कोट गाउँपालिका-६ की ६० वर्षीया बाटुला परियारलाई पहिले वा अहिले बिहान खाए बेलुका के खाने भन्ने चिन्ता छ । ‘गाउँमा पहिले बाआमालाई पनि पढाउन भन्दा खुवाउन समस्या थियो ।’-उनले भनिन्-‘मैले

अज्ञात समूहले हत्या गरेको अवस्थामा महिलाको शव फेला

सिगास गाँउपालिका-१ मैतडमा नजिकैको पानीघट्टमा मकै पिँध्न गएकी एक महिलाको चैत २० गते हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घट्ट छेउमा सिगास-१ मैतडीकी ३५ वर्षीया लालमती बोहराको हत्या

भान्छा छोएको आरोपमा दलित बालकलाई कुटपिट गरेको आरोप

बराह गाँउपालिका-८ कुम्भिकोटका नौ वर्षीय बालक भीमबहादुर बिकलाई कथित माथिल्लो जातिको भान्छा छोएको आरोपमा स्थानीय बाटु शाही र उनका छोरा भरत शाहीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

नाम छुटेको भन्दै १ हजार ५ सय भूकम्प पीडितको निवेदन दर्ता

भूकम्प पीडितहरूको लगत सङ्कलनका क्रममा नाम छुटेको भन्दै १ हजार ५ सय जनाले जिल्ला समन्वय समिति चितवनमा निवेदन दर्ता गरेका छन् । जिल्ला विपद व्यवस्थापन समिति चितवनका सदस्य एवम् समन्वय

स्थानीय तहको निर्वाचन सफल बनाउन सबै सक्रियतापूर्वक लाग्नु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, काठमाडौँको आयोजनामा चैत १८ गते काठमाडौँमा आयोजित “स्थानीय तहको निर्वाचन र मानव अधिकार” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले स्थानीय तहको निर्वाचन सफल बनाउन सबै

सासूबुहारीको हत्या घटनाका आरोपित गिरफ्तार

दुई साता अघि मोरङको कटहरी-१ मा सासूबुहारीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले विराटनगर उमनपा-१२ का २६ वर्षीय विष्णुकुमार डाँगालाई एक थान पेस्तोलसहित चैत १७ गते गिरफ्तार गरेको छ ।

नवजात शिशु हत्याका आरोपित गिरफ्तार

रामेछाप जिल्ला गौसरा-१ घर भई हाल चाँगुनारायण नपा-३ झौखेलमा बस्दै आएकी २१ वर्षीया साईली तामाङलाई नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले चैत १७ गते गिरफ्तार गरेको छ । बच्चा जन्माउने

भाउजु हत्याका आरोपित हतियारसहित गिरफ्तार

घोराही उमनपा-१७ की २८ वर्षीया पूर्णा थापालाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय देवर विक्रम थापालाई चैत १८ गते हतियारसहित गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय घोराहीबाट

स्वास्थ्य संस्थामा पाँच महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

सिमकोट गाउँपालिकास्थित इलाका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी पाँच महिनादेखि नहुँदा स्थानीयबासी मर्कामा परेका छन् । उक्त स्वास्थ्य चौकीका इञ्चार्ज ०७३ मङ्सिर महिनादेखि नहुँदा कार्यालय सहयोगी अङ्गबहादुर शाहीको भरमा स्वास्थ्य चौकी

बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका-६ का २७ वर्षीय सुर्य लामिछाने र सोही ठाउँ बस्ने २७ वर्षीय सन्दीप भन्ने कुलबहादुर क्षेत्रीलाई चैत १७ गते

परिचय पत्र नपाउँदा एकै घरका तीन जना अपाङता भएका व्यक्ति सेवाबाट विमुख

सदरमुकामदेखि एक दिन टाढा रहेको मुगुम कार्मारोग गाउँपालिका-६ का एकै घरका तीन जना दिदीभाइले अपाङ्गता परिचय-पत्र नपाउँदा सरकारबाट अपाङ्गता भएका व्यक्तिलाई दिइने सेवाबाट विमुख भएको गुनासो गरेका छन् । मुगुम

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई चैत १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले सोही दिन

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता 

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर मनपा-२४ का २२ वर्षीय अशोक थापाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा चैत १६ गते उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपित थापाले फागुन

सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

समयमै सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । फागुन मसान्त सम्ममा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अझैसम्म पनि नपाएको उनीहरूले गुनासो गरेका हुन् । प्रत्येक चौमासिकमा वितरण

चार जना बालश्रमिकको उद्धार, उद्योग सञ्चालक दुई जना गिरफ्तार

बालश्रमको प्रयोग गरी यातना दिएर १७ घण्टा काममा लगाएको आरोपमा दुई उद्योग सञ्चालकलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला बाल कल्याण समिति भक्तपुर, महानगरीय प्रहरी वृत्त थिमि, सिविन र श्रम

बलात्कार गरेको ठहर गर्दै ६ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले रौतहट गरुडा घर भई हेटौँडा-२ मा बस्दै आएका २८ वर्षीय धिरज ठाकुरलाई ६ वर्षकैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा रुपन्देही प्रहरीले सैनामैना नपा-३ स्थायी घर भई हाल सियारी गाउँपालिका-५ बस्ने ३० वर्षीय प्रेमबहादुर रोकालाई चैत १६ गते दयानगरबाट गिरफ्तार गरेको छ । पीडित

नेपाली कङ्ग्रेस र एकीकृत माओवादी केन्द्रका कार्यकर्ताबिच झडप, तीन जना घाइते

सानोभरी गाउँपालिका-६ मा नेपाली कङ्ग्रेस र एकीकृत माओवादी केन्द्रका कार्यकर्ताबिच चैत १६ गते भएको झडपमा कङ्ग्रेसका तीन जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा सानोभरी गाउँपालिका-६ निवासी कङ्ग्रेसका स्थानीय