तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई चैत १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत १६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले सोही दिन जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी गरेका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका गिरफ्तार गरिएको जिल्ला प्रहरी, कार्यालय कैलालीका इन्स्पेक्टर इन्द्र मल्लले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १७ गते सेती अञ्चल अस्पतालमा गरिएको छ । हाल उनको उपचार पनि सोही अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।