INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता 

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर मनपा-२४ का २२ वर्षीय अशोक थापाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा चैत १६ गते उजुरी दर्ता गरिएको छ ।

पीडित बालिकालाई आरोपित थापाले फागुन १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत १६ गते मात्र प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक थापाले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण नभएको र आरोपित फरार रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो