INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित पाँच वर्षपछि गिरफ्तार

एक महिलालाई बलात्कार गरी फरार भएका घटनाका आरोपित कन्काई नगरपालिका-३ का ४१ वर्षीय नेत्र तिम्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भदौ २५ गते इलाम सदरमुकामबाट गिरफ्तार गरेको छ ।

तीन महिनादेखि सडक अबरूद्ध भएपछि मुगुमा खाद्यान्न अभाव

जिल्ला सदरमुकाम गमगढी जोडने सडकखण्डमा लगातारको वर्षाले विभिन्न स्थानमा गएको पहिरोको कारण यातायात अबरूद्ध भएपछि जिल्लामा खाद्यान्न अभाव भएको छ । जेठको अन्तिम हप्तादेखि लगातार परेको वर्षाले गमगढी नाग्मा सडक

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-८ का २१ वर्षीय मनोज परियारलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले भदौ २३ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले भदौ

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया पत्नीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले २४ वर्षीय पतिलाई भदौ २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७४ जेठमा भारतको सिमलामा मजदुरी गर्न जाउँ भनी लगेको एक

बलात्कार घटनाका आरोपित गिरफ्तार

काठमाडौँको कीर्तिपुरमा दुईजना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्तले कीर्तिपुर नगरपालिका-७ हनुमानघाटका २५ वर्षीय हेम खत्रीलाई २४ गते गिरफ्तार गरेको छ । ललितपुर इमाडोलमा डेरा भएका बालिका

दुई महिनादेखि ढुवानी नहुँदा बारेकोटमा खाद्यान्न सङ्कट

बारेकोट गाउँपालिकामा दुई महिनादेखि खाद्यान्न सङ्कट देखिएको छ । असिनापानीले हिउँदेबाली नष्ट गरिदिएको, खाद्य डिपोमा चामल नभएको र बाटो बिग्रिएकाले खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न सङ्कट भएको हो । गाउँपालिकामा

निर्मला हत्या घटनाको छानबिन समितिका सदस्यको राजीनामा

बलात्कार पश्चात हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीले ‘हत्यारा’बाट आफू र आफ्नो परिवारमाथि खतरा हुन सक्ने भन्दै जीवन रक्षाको माग

अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसार-पसार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले तुम्बेवा गाउँपालिका-१ का ५० वर्षीय डम्बर दाहालसहित पाँच जनालाई भदौ २५ गते गिरफ्तार गरेको छ

विप्लवसहित द्वन्द्वरत पक्षलाई वार्तामा आउन आह्‍वान

सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले नेत्रविक्रम चन्द विप्लवसहित द्वन्द्वरत पक्षलाई वार्तामा आउन आह्‍वान गरेको छ । काठमाडौँमा भदौ २५ गते आयोजित पत्रकार सम्मेलनमा वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले सबै प्रकारका

नौ वटै न्यायिक समितिमा सात दर्जनभन्दा बढी उजुरी

दार्चुलाका नौ वटै स्थानीय तहमा न्यायिक समिति गठन भएको एक वर्षपुगेको छ । सात वटा गाउँपालिका र दुई वटा नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा एक वर्षको अवधिमा सात दर्जन

उमेर पुगेका थुनुवासँग बालक !

खार्पुनाथ गाउँपालिका-१ गोप्काका १३ वर्षीय एक बालक पाँच दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा प्रहरीले उमेर पुगेका थुनुवासँग राखेको बालकका बुवा रत्न रोकायले गुनासो गरेका छन् । बालबालिकासम्बन्धी ऐन २०४८ को

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौरजहारी नपा-२ का १९ वर्षीय केशव बस्नेतलाई भदौ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते यौन दुर्व्यवहार

बाग्लुङ बजारका अधिकांश फार्मेसी अवैधानिक, जनशक्ति अदक्ष

बागलुङ बजारमा सञ्चालनमा रहेका निजी क्लिनिक, तथा फार्मेसी पसलहरू अवैध रूपमा सञ्चालन गरेको पाइएको छ । बागलुङ सदरमुकामभित्र सञ्चालनमा रहेका २८ ओटा औषधि पसलमध्ये २७ ओटा पसलको मापदण्ड पूरा नभएको

पत्नीलाई धारिलो हतियार प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

बराहताल गाउँपालिका-२ की ३१ वर्षीया मनिसरा नाम्जालीलाई हँसिया प्रहार गरेको आरोपमा ३३ वर्षीय पति टोपबहादुर नाम्जालीलाई प्रहरीले भदौ २४ गते गिरफ्तार गरेको छ । घरायसी विषयमा विवाद हुँदा पत्नीको टाउकोमा

फुजेल हत्या प्रकरणः हत्याको आधार नभएको भन्दै १२ जना आरोपितलाई सफाइ

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या घटनाका आरोपितहरू १३ जना मध्ये १२ जनाले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनमा भदौ २४ गते आइतबार भएको फैसलामा एक जना प्रतिवादीको हकमा मुद्दा

गोली प्रहारबाट तरुण दल नेताको हत्या

सुनिल स्मृति गाउँपालिका–४ सुलिचौर बजारमा भदौ २४ गते बेलुकी गोली प्रहारबाट नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष २९ वर्षीय रोहित पुनको हत्या भएको छ । इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै

खोई दुर्गममा स्वास्थ्य सेवा ?

नेपालको संविधानको भाग ३ मा मौलिक हक र कर्तव्य राखिएको छ । धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक रहेको छ । उपधारा १ मा स्वास्थ्यसम्बन्धी हकमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य

नेपाली सेनाद्वारा बेवारिसे बम निष्क्रिय

इलाम बजारस्थित नारायणस्थान नजिक रहेको एउटा घरमा भदौ २४ गते बिहान भेट्टिएको तीन वटा बम नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको छ । पहिला माओवादी केन्द्रको जिल्ला कार्यालय रहेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकाकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का २२ वर्षीय फिरोज अहमद मुसलमानलाई भदौ २३ गते मर्चवारबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते

बलात्कार घटनाका नौ जना आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आराोपमा प्रहरीले देउमाई नगरपालिकाका नौ जनालाई भदौ २३ गते गिरफ्तार गरेको छ । गिरफ्तार भएकामध्ये देउमाई नगरपालिका–९ का चितवीर लावुङको मात्र नाम सार्वजनिक गरिएको छ