INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसार-पसार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले तुम्बेवा गाउँपालिका-१ का ५० वर्षीय डम्बर दाहालसहित पाँच जनालाई भदौ २५ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुने सोही ठेगनाका ५० वर्षीया छविमाया दाहाल, ४१ वर्षीया भूमिका दाहाल, २९ वर्षीय मित्र दाहाल र ४४ वर्षीय श्यामबहादुर दाहाल रहेका छन् । पीडितलाई बलात्कार समेत गरेको आरोपमा सोही ठाँउका २८ वर्षीय दिलकुमार दाहाललाई भने प्रहरीले भदौ २१ गते गिरफ्तार गरेको थियो ।

आरोपित दिलकुमारले भदौ ५ गते बलात्कार गरेको पीडितले बताइन् । घटनापछि अन्य आरोपितहरू समेत मिलेर भदौ १७ गते झापाको काकरभिट्टा हुँदै भारततर्फलैजान लागेको थाहा पाएपछि आरोपितहरू विरूद्ध भदौ २२ गते प्रहरीमा उजुरी दिएको पीडितले बताइन् ।

आरोपितहरू विरूद्ध भदौ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको सो कार्यालयका सई विष्णु खड्काले बताए । पीडित महिलाको सोही दिन जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

अन्य

भिडियो