INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-८ का २१ वर्षीय मनोज परियारलाई गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले भदौ २३ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले भदौ २४ गते प्रहरीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई भदौ २४ गते नै गिरफ्तार गरी अनुसन्धान कार्य अगाडि बढाएको वडा प्रहरी कार्यालय, वालिङका सई युवराज चन्दले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ २४ गते नै वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

अन्य

भिडियो