INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपालमा महिलाहरूको अवस्था विगतका वर्षहरूमा भन्दा सकारात्मक हुँदै आएको भएपनि सन्तोषजनक मान्न सकिने अवस्थामा अझै आइपुगेको छैन । महिलासँग सम्बन्धित कानुनी प्रावधान एवम् राजनीतिक सहभागिताको अवस्थामा केही सुधार भएको छ । यति हुँदाहुँदै पनि विभिन्न खाले संरचनात्मक एवम् लैङ्गिक हिंसाबाट महिला तथा लैङ्गिक अल्पसङ्ख्यक पीडित हुँदै आएका छन् । मानव अधिकार अनुगमन र मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अनुगमन गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन्२०२२ को नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म इन्सेक अनलाइनमा प्रकाशित महिला तथा बालिकाविरूद्ध भएका हिंसात्मक घटनाहरूका आधारमा यो प्रतिवेदन तयार पारेको हो ।

editor

Related Articles