महिला हिंसाविरुद्ध १६ दिने अभियान यही नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइयो भने नेपालमा ‘अन्तर पुस्ता समानता, बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने नाराका साथ यो वर्षको १६ दिने अभियान सम्पन्न भएको छ । मन्त्रिपरिषद्को बैठकले मङ्सिर ९ देखि मङ्सिर २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सामाजिक सचेतनासहित लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकाय, सातै वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७ सय ५३ स्थानीय तह एवम् त्यसका वडा, सरोकारवाला निकाय, विद्यालय, सामाजिक सङ्घ–संस्थालाई आह्वान गरेको थियो ।