मानवअधिकार रक्षकको घोषणापत्र, १९९८ को परिभाषाले मानवअधिकार रक्षकहरूलाई व्यापक अर्थमाबुझाएको भए पनि खासगरी घोषणापत्रमा परिभाषित रक्षकहरूमध्ये शिक्षक, सञ्चारकर्मी, कानुनव्यवसायी,स्वास्थ्यकर्मी र मानवअधिकार सङ्घसंस्थामा कार्यरत् व्यक्तिहरू (मानवअधिकारकर्मी)को मानवअधिकारउल्लङ्घन र ज्यादती विगत १० महिनामा कसरी भयो भन्ने बारेमा यस प्रतिवेदनमा उल्लेख गरिएको छ ।