मानवअधिकार रक्षकको घोषणापत्र १९९८ को परिभाषाले मानवअधिकार रक्षकहरूलाई व्यापक अर्थमाबुझाएको भए पनि खासगरी घोषणपत्रमा परिभाषित रक्षकहरूमध्ये शिक्षक, सञ्चारकर्मी, कानुनव्यवसायी,स्वास्थ्यकर्मी र मानवअधिकार सङ्घसंस्थामा कार्यरत व्यक्तिहरू मानवअधिकारकर्मीमाथि भएकोमानवअधिकार उल्लङ्घन र ज्यादती विगत १० महिनामा कसरी भयो भन्ने बारेमा यो प्रतिवेदन केन्द्रितरहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अभिलेखमा सन् २०११ जनवरीदेखि अक्टोबरको–२०६७पुस १७ देखि २०६८ कात्तिक १४ सम्म) अन्त्यसम्म प्राप्त भएका घटनाहरूको नै यस प्रतिवेदनका आधारहुन् ।