INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

द्वन्द्वपीडितहरूले भने-‘हामीलाई आत्मसम्मान देऊ !’

दाङका द्वन्द्वपीडितहरूले राज्यलाई आत्मसम्मानको वातावरण बनाइदिन माग गरेका छन् । शहीद दिवस तथा शान्ति सम्झौताको १० वर्षपुगेको अवसरमा स्थानीय शान्ति समिति दाङले माघ १६ गते घोराही नगरपालिका-३ बर्गद्दीमा आयोजना गरेको

कैलालीमा अझै २ लाख ५० हजार बढी नागरिक हात्तीपाइले औषधिबाट वञ्चित

सरकारले कैलालीमा हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउने अभियान थालेको पाँच वर्ष पुग्दै छ । तर, अझैं पनि जिल्लामा २ लाख ५० हजार भन्दा बढी व्यक्ति यो औषधि खानबाट छुटेका छन् ।

भारतहुँदै कुवेत लैजान लागेका तीन महिलाको प्रहरीद्धारा उद्धार

भारत हुँदै कुवेत लैजान लागेको अवस्थामा माघ १४ गते तीन जना महिलाको प्रहरीले उद्धार गरेको छ । तीन जना महिलालाई भारतको दिल्ली हुँदै कुवेत लैजाने भन्दै यम गुरुङले मोटो रकम

शहीद पार्कलाई व्यवस्थित गर्न इन्सेकद्वारा सहयोगको घोषणा

नेपालकै प्रथम महिला शहीदको शालिक र पार्कलाई व्यवस्थित गर्न इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले १ लाख रुपियाँ सहयोगको घोषणा गरेका छन् । धनुषाको यदुकुहामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले माघ १६

महिनावारीका समयमा विद्यालय जान नहुने कुसंस्कारका कारण छात्राहरूको पढाइ प्रभावित

दार्चुलाको लेकम क्षेत्रमा छात्राहरू महिनावारी भएको बेला विद्यालय जानबाट वञ्चित हुने गरेका छन् । सुदूरपश्चिममा रहेको छाउपडी कुप्रथाको कारण छात्राहरू महिनावारी भएको बेलामा विद्यालय जानबाट वञ्चित हुने गरेका हुन् ।

शहीदले गरेका बलिदानको स्मरण गरी शहीद दिवस मनाइयो

मुलुकमा प्रजातन्त्र स्थापना गरी जनतालाई समृद्ध बनाउनका लागि शहीदले दिएको जीवनको बलिदानीलाई माघ १६ गते विभिन्न कार्यक्रम गरी सम्झना गरिएको छ । शहीद दिवसका अवसरमा चार शहीद शुक्रराज जोशी, धर्मभक्त

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी ३८ वर्षीया महिलालाई माघ १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले सलेना गाविस-२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्दलाई माघ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई माघ १३ गते बलात्कार गरेको आरोपमा प्रहरीले जाल्पा चिलाउने गाविस-४ का १९ वर्षीय ताराबहादुर राउतलाई माघ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले विद्यालयकी शिक्षिकालाई घटना

निर्वाचन नभए सङ्घीयता संकटमा पर्ने नागरिक समाजका अगुवाहरूको भनाइ

बीरगञ्जमा आयोजित एक कार्यक्रमका सहभागी नागरिक समाजका अगुवाहरूले निर्वाचन नभए सङ्घीयता सङ्कटमा पर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७३ माघ १५ गते बीरगञ्जमा आयोजना गरेको मधेशका

कुटपिट गरी गर्भवती पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

लिखु गाविस-४ पुरानो गाउँकी २६ वर्षीया उर्मिला तामाङलाई माघ १३ गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति मानबहादुर तामाङलाई माघ १४ गते गिरफ्तार गरेको छ । माघ

बलात्कार घटनाका आरोपित गिरफ्तार

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महमाइ-९ का ४३ वर्षीय गणेश भट्टराईलाई माघ १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ११ गते बलात्कार गरेको आरोपमा पीडित

निर्वाचन आयोगमा तीन जनाको नाम सिफारिस

संवैधानकि परिषद्को माघ १४ गते बसेको बैठकले निर्वाचन आयोगको रिक्त आयुक्त पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेहरूमा नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह रहेका

बहुविवाह घटनाका आरोपित गिरफ्तार

दरबारदेबिस्थान-४ का २६ वर्षीय मनोहर महोत्रालाई बहुविवाह गरेको आरोपमा प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ । २५ वर्षीया शान्ता महोत्राले पतिविरुद्ध जिल्ला प्रहरी कार्यालयमा माघ १० गते उजुरी दर्ता

पतिको कुटाइबाट गम्भीर घाइते महिलाको उपचारमा इन्सेकको सहयोग

पतिको कुटाइबाट गम्भीर घाइते भई उपचारमा रहेकी उदयपुर भलायडाँडा गाविस-३ की २३ वर्षीया सरिता मोतेलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरले माघ १३ गते १० हजार रुपियाँ सहयोग

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा छिपागढ-२ का ३० वर्षीय राजेश सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा माघ १३ गते मुद्दा दर्ता भएको छ । पीडित महिलाले आरोपित विरुद्ध ०७३

माओवादी कार्यकर्ताद्वारा जिल्ला शिक्षा अधिकारीमाथि दुर्व्यवहार

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको भातृ सङ्गठन अखिल क्रान्तिकारीले माघ १२ गते मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाललाई दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । कार्यलयमा बसिररहेको अवस्थामा शिक्षक

अान्दाेलनका क्रममा ४७ राउण्ड रबरका गोली प्रहार, ६ जना घाइते

खानीगाउँ गाविस ढिकुरेमा स्थानीय निकाय पुनर्संरचनाको सीमाङ्कनको विरोधमा आन्दोलनरत स्थानीय र प्रहरीबिच माघ १२ गते झडप हुँदा ६ जना आन्दोलनकारी घाइते भएका छन् । सीमाङ्कनको विरोधमा स्थानीयले बन्द गरेको ढिकुरेमा

मालपोत अधिकृतमाथि दुर्व्यवहार

मालपोत कार्यालय बाराका अधिकृत ५१ वर्षीय सुमन चौधरीलाई माघ १२ गते मखुण्डो लगाएर आएका दुई जनाले मोसो दलेर दुर्व्यवहार गरी भागेको पीडितले बताएका छन् । अमाव गाविस-२ बेलवा गाउँका चौधरी

उपमहानगरपालिका घोषणाको माग गर्दै सात दिनदेखि अनशन

कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै उद्योग वाणिज्य सङ्घको अगुवाइमा सात दिनदेखि कलैयामा रिले अनशन जारी छ । व्यापारी-व्यवसायी, नगरबासी र स्थानीय राजनीतिक दलले रिले अनशन गर्दै आएका हुन् ।

शिक्षकको यातनाका कारण छात्रा बेहोस्, उपचारका लागि अस्पताल भर्ना

शिक्षकको यातनाले भैरव जनता माध्यमिक विद्यालयमा कक्षा-६ मा अध्ययनरत छात्रा सुस्मिता रुचाल बेहोस भएपछि दुई दिनदेखि युनाइटेड मिसन अस्पताल तानसेनमा भर्ना गरिएको छ । जाडो विदाको समयमा दिएको गृहकार्य नगरेको