INSEC Online

📅 २०८३ जेष्ठ २१

आफ्नो पद, शक्ति वा अधिकारको प्रयोग गरी कुनै किसिमको दबाब, प्रभाव र प्रलोभनमा पारी यौनजन्य कार्य गर्न हुँदैन भन्ने कानुनी व्यवस्थाको बर्खिलाप इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका डिएसपी दीपककुमार रायले हिरासतमा रहेकी महिलालाई यौन हिंसा गरेको शंका हुने ठाउँ देखिएका छन् । हिरासतमा रहेकी महिलालाई बयानका लागि राति डिएसपीले बोलाएको प्रहरी अधिकारी र पीडित महिलाले बताउनुले घटना भएको आशंका गर्न सकिन्छ । हिरासतमा दिनभर रहेकी महिलालाई राति बयान लिएबाट घटनामा पीडितले लगाएको आरोपको छानबिन गर्नु प्रहरीको दायित्व हो । सबै प्रहरी कार्यालय अन्तर्गत रहेका महिला थुनुवा कक्षको सुरक्षामा महिला प्रहरी खटाउन र साथै महिला प्रहरीको उपस्थितिमा थुनुवा महिलासँग बयान लिने प्रक्रियाको व्यवहारत अवलम्बन गर्नु पर्छ ।

editor

Related Articles