स्रोत: इन्सेक अनुगमन प्रणाली
सन् २००९ एक वर्षको समय अवधिमा इन्सेक सर्भिलेन्स प्रणालीका अनुसार जम्मा २४ वटा आफैं सक्रिय हुने विस्फोटन घटनाहरु (VAE) भए र यसका कारण ७० जना हताहत भए । यस्ता विष्फोटनका घटनाहरु विशेष गरेर (improvised explosive devices (IED), mines and explosive devices (EDs) जस्ता विष्फोटक पदार्थ विष्फोटनका कारण भएका थिए । जम्मा २४ वटा विष्फोटनका घटनामा १६ जना मारिएका थिए भने ५४ जना घाइते भएका थिए ।