INSEC Online

📅 २०८३ जेष्ठ २१

अवधिः नोभेम्बर/ डिसेम्बर २००६
स्रोतः इन्सेक तथ्यांकसंकलन प्रणाली (Active Surveillance)
प्रकाशन मितिः- माघ ९ गते
सारांश
  • इन्सेक जिल्ला प्रतिनिधिहरुका अनुसार नोभेम्वर महिनामा तीन वटा विस्फोटनमा सात जना सर्वसाधारण हताहत भएका थिए ।
  • इन्सेक जिल्ला प्रतिनिधिहरुका अनुसार डिसेम्वर महिनामा दुई वटा विस्फोटनमा पाँच जना सर्वसाधारण हताहत भएका थिए ।
  • सन् २००६ मा ८४ वटा विस्फोटनका घटनामा १४४ जना सर्वसाधारण हताहत भएका थिए ।
  • मध्यमाञ्चल विकास क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्र थियो जहाँ २३ वटा विस्फोटनका घटनामा ४० जना हताहत भएका थिए ।
सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्लासबैभन्दा बढी प्रभावित जिल्ला थियो जहाँ १३ जना हताहत भएका थिए भने त्यसपछिको अतिप्रभावित जिल्ला मोरङ थियो जहाँ १२ जना सर्वसाधारण हताहत भएका थिए ।
editor

Related Articles