INSEC Online

📅 २०८३ जेष्ठ २१

अवधिः जुन, २००६
स्रोतः तथ्याङ्क संकलन प्रणाली (Active Surveillance)
प्रकाशित मितिः ८ अगस्ट २००६
शीर्षकः अलक्षित विस्फोटनमा हताहत भएका सर्वसाधारण सम्बन्धीमासिक अध्ययन प्रतिवेदन – जुन २००६
सारांशः
जुन २००६ मा इन्सेकले ८ वटा जिल्लाका ९ वटा घटना रेकर्ड तथा अनुसन्धान गरेको थियो जसमा ११ जना र्सवसाधारण घाइते भएका थिए भने २ जनाको मृत्यु भएको थियो । पश्चिमाञ्चल विकास क्षेत्र सबैभन्दा बढी प्रभावित भएको थियो जहाँ ५ जना र्सवसाधारण हताहत भएका थिए । विस्फोटनका घटना भएका जिल्लाहरुमा कैलाली (३ जना हताहत), सुर्खेत -३ जना हताहत), पाल्पा -२ जना हताहत), गुल्मी (१ जना हताहत ), म्याग्दी (१ जना हताहत), रुपन्देही (१ जना हताहत), सिन्धुपाल्चोक (१ जना हताहत) र उदयपुर (१ जना हताहत) गरी जम्मा ८ वटा जिल्ला थिए । अधिकांश विस्फोटन पीडितपक्षले वि स्फोटक पदार्थ नजिकैको स्थानहरुबाट घरमा ल्याएपछि घरमा नै भएका थिए ।
editor

Related Articles