जुम्ला पातारासी स्थायी घर भएका ३५ वर्षीय ज्ञानेन्द्र शाही २०७६ जेठ १५ गते ‘नेपालका लागि नेपाली’ नामक अभियान अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नपा–७ खुल्ला मञ्चमा आयोजना गरेको भ्रष्टाचार विरूद्धको नागरिक सचेतना कार्यक्रममा वक्ताका रुपमा सहभागी भएका थिए । शाहीलाई प्रहरीले कार्यक्रमस्थलबाट गिरफ्तार गरी हिरासतमा यातना दिएको भन्ने सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो । घटनाका सम्बन्धमा इन्सेकको समन्वयमा जिल्ला बार एशासियसन र मानव अधिकार रक्षक सञ्जाल सुर्खेतको टोलीले जेठ २० गते हिरासतमा रहेका थुनुवा, प्रत्यक्षदर्शी र जिल्ला प्रहरी कार्यालयमा प्रहरीसँग भेट गरी छलफल गरेको थियो ।
ज्ञानेन्द्र शाहीको गिरफ्तारी र यातनाका बारेमा तयार पारिएको अध्ययन प्रतिवेदन