बलवा नगरपालिका–६ का ३६ वर्षीय हुस्नेम अन्सारीलाई कुटपिट गरेको आरोपमा सोही वडाका ३२ वर्षीय मनजेश यादवलाई प्रहरीले ०८३ साउन १ गते गिरफ्तार गरेको छ ।
असार ३२ गते राति आफ्नै टोलमा ढलान भइरहेको सडक हेर्न समाजका ब्यक्तिहरु मिलेर जाँदा बाटो छेकी हातखुट्टा समाती कुटपिट गरेको भन्दै वर्तमान वडाध्यक्ष ५० वर्षीय बैजनाथ झा, ५६ वर्षीय श्याम यादव, ३२ वर्षीय मनजेश यादव र ३५ वर्षीय बलराम यादव , ३० वर्षीय राजु यादवविरुद्ध पीडितले असार ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई स्वास्थ्य उपचारका लागि सोही दिन राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि गोदावरी अस्पताल जनकपुरधाम रेफर गरीएको पीडितका भाइ नुरैन अन्सारीका बताएका छन् ।
घटनासम्बन्धमा अनुसन्धान भइरहेको र अन्य आरोपितहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी पञ्चलाल गोलेले जानकारी दिनुभएको छ ।