नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नख्खु कारागार काठमाडौँबाट फरार कैदीबन्दी २४ वर्षी निकेश श्रेष्ठलाई प्रहरीले ०८३ असार ३१ गते पर्साको ठोरी गाउँपालिका–४ बाट गिरफ्तार गरेको छ ।
श्रेष्ठलाई ठोरी स्थित आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरेको पर्साका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले बताउनुभयो । लागु औषध मुद्दामा दुई वर्ष कैद र १ लाख जरिवाना तोकेका कैदीबन्दी श्रेष्ठ कुसुर भुक्तान गर्दै आएका थिए । प्रहरीले असार ३२ गते उनलाई वीरगन्ज कारागारको समन्वयमा सम्बन्धीकारागारमा पठाएको मल्लले जानकारी दिनुभयो ।