मादी नगरपालिका- ४ डाडाँगाउँकी ४३ वर्षीया फूलमाया मुदेललाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५६ वर्षीय पति अमरबहादुर सार्कीलाई ०८३ साउन २ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले साउन २ गते खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारप्रसाद मैनालीले बताउनु भयो ।
चैनपुर नगरपालिका- ७ स्थायी घर भइ मादी नगरपालिका- ४ मा बस्दै आएका आरोपितले घरायसी विवादका क्रममा पत्नीको हत्या गरेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।
घटनालगत्तै आरोपित आँफै मादीस्थित प्रहरी चौकी मंगलवारेमा आएको इलाका प्रहरी कार्यालय, चैनपुरका इन्स्पेक्टर पर्शुराम राईले बताउनु भयो ।
शव पोष्टमार्टमका लागि मादी ओखरबोटस्थित नगर अस्पतालमा राखिएको छ ।