४० वर्षीया मिना रानामगरलाई ०८३ असार ३१ गते हत्या गरेको आरोपमा चौतारा साँगाचोकगढी नगरपालिका—६ का पति ४२ वर्षीय मिनबहादुर भण्डारीलाई प्रहरीले ०८३ असार ३२ गते गिरफ्तार गरेको छ ।
आरोपित भण्डारीलाई असार ३२ गते बेलुका चौतारा सदरमुकाम ल्याइ घटना अनुसन्धानको लागि साउन १ गते जिल्ला अदालत पेश गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसि शाहले बताउनुभयो।
शवको असार ३२ गते चौतारा अस्पतालमा पोष्टमाटम गरी आफन्तले सद्गत् गरेका छन् ।