११ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दिवास नपा-२ का १९ वर्षीय अच्युतम रिसाललाई फागुन १२ गते गिरफ्तार गरिएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवासले दिएको जानकारी अनुसार रिसालले पीडित बालकलाई आरोपितले फागुन २ गते यौन दुर्व्यवहार गरेका थिए ।
उक्त घटना पश्चात पीडितलाई आरोपितलाई धम्की दिएर समाजको पञ्चायतबाट ५१ हजार रुपियाँ जरिवाना गराई ढाकछोप गर्न लागेका थिए । घटनाबारे थाह पाएर बर्दिबास नगरस्तरीय बालसञ्जालले हस्तक्षेप गरी प्रहरीमा उजुरी गर्न लगाएपछि घटना बाहिर आएको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविण पोखरेलले पीडित बालकका अभिभावकले फागुन १२ गते इलाका प्रहरी कार्यालय वर्दिवासमा उजुरी दिए लगतै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जानकारी दिए ।
बर्दिबास नगरस्तरीय बालसञ्जालकी अध्यक्ष सोनु कार्कीले आरोपितलाई कडा कारवाहीको माग गरेकी छन् ।