२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले रामपुर नगरपालिका–१० का २२ वर्षीय रविन कु्माललाई एक वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको ०८३ असार ९ गतेको इजलासले आरोपितलाई आंशिक कसुर ठहर गर्दै एक वर्ष कैद, ३२ हजार रुपियाँ जरिबाना र १ लाख २५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले बताउनु भयो ।
आरोपितले महिलालाई ०८२ साउन १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ११ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई साउन ११ गते घरबाटै गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतका तत्कालीन न्यायाधीश दल बहादुर केसीको ०८२ साउन ३० गतेको इजलाशले आरोपितलाई पर्पुक्षका लागि थुनामा पठाएका थिए । पीडितको स्वास्थ्य परीक्षण साउन ११ गते पाल्पा अस्पताल, पाल्पामा भएको थियो ।