INSEC Online

📅 २०८३ श्रावण ४

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

दुधौली नगरपालिका–९ की १८ वर्षीया अनिसा सदाको हत्या गरेको आरोपमा पति दुधौली नगरपालिका–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदालाई प्रहरीले ०८१ फागुन १९ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार आपसि मनमुटावका कारण ०८१ फागुन १८ गते राती ९ बजे भान्छा कोठामा लगि अनिसाको दिनेशले घाटि थिचेर हत्या गरेको गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

घटनाको बारेमा स्थनीयले फागुन १९ गते प्रहरीलाई जानकारी दिएपछि आरोपित दिनेशलाई प्रहरीले घरबाट नै गिरफ्तार गरेको हो ।

शवको पोष्टमार्टमका लागि नगर अस्पताल सिर्थौलीमा लगिएको  र दिनेशलाई इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा राखेर अनुशन्धान सुरु गरिएको एसपी काफ्ले जानकारी दिनुभयो । १० महिन अधि दिनेश र अनिसाले प्रेम विवाह गरेका थिए ।

 

अन्य

भिडियो