INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछाप नगरपालिकाका चार ओटा स्वास्थ्य संस्थाका भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या

रामेछाप नगरपालिकाका चार ओटा स्वास्थ्य संस्था निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा सेवा प्रवाहमा समस्या भएको छ ।

दुई वर्षदेखि स्वास्थ्य संस्था निर्माणको काम निर्माण कम्पनीले समयमा नगर्दा सो नगरपालिका–१ को गोठगाउँ, स्वास्थ्य चौकी, वडा नं ४ को हिमगङ्गा स्वास्थ्य चौकी, वडा नं ५ को रामपुर स्वास्थ्य चौकी र वडा नं ६ को ओख्रेनी स्वास्थ्य चौकी अलपत्र अवस्थामा छन् ।

निर्माणाधीन गोठगाउँ स्वास्थ्य चौकीको काम ८५ प्रतिशत हिमगङ्गाको ८२ प्रतिशत रामपुरको ९० प्रतिशत र ओख्रेनीको पनि ९० प्रतिशत सकिएको छ ।

तर, निर्माण कम्पनी दुई वर्षदेखि काम छाडेर हिँडेपछि निर्माण सम्पन नै नभई भवनहरु थोत्रिँदै गएका छन् । निर्माण कम्पनीलाई बारम्बार ताकेता गरेको भए पनि काम समयमा नगरिदिएको रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले बताउनु भयो ।

ती भवनको जिम्मा स्काई/विवस जेभीले लिएको थियो । अहिले कम्पनी सम्पर्कमा समेत छैन । स्वास्थ्य संस्थाका भवन नबन्दा साँघुरा भवनबाट सेवा प्रवाह भइरहेको छ ।

अन्य

भिडियो