INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित छोरा गिरफ्तार

नमोबुद्ध नगरपालिका–७ पुजारीटापुका ७४ वर्षीय बलबहादुर श्रेष्ठलाई खुर्पा र गल प्रहार गरी कात्तिक १० गते हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय छोरा रामलाल श्रेष्ठलाई कात्तिक २३ गते गिरफ्तार गरेको छ ।

अंशसम्बन्धी विषयमा बाबुछोराको विवाद हुँदै आएको स्थानीयले बताएका छन् । शवको पोष्टमार्टम कात्तिक ११ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेका अनुसार आरोपितलाई हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको छ । मृतकका अन्य दुई छोराले बाबुको दाहसंस्कार गरेका छन् ।

अन्य

भिडियो