रोशी गाउँपालिका–३ भन्ज्याङगाउँकी ६९ वर्षीया माइली लामालाई कात्तिक १६ गते टाउकोमा लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा २८ वर्षीय फुर्साङ लामालाई कात्तिक १८ गते प्रहरीले गिरफ्तार गरेको छ ।
प्रेमिकाले मागेको रकम जम्मा गर्न कात्तिक १२ गते गाउँ आएका फुर्साङले आमाको हत्यापछि आमाले लगाएको सुन र पैसा छिमेकीको शौचालय पछाडि खाडल खनेर लुकाएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।
घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको डिएसपी घलेले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले कात्तिक २० गते धुलिखेलमा पत्रकार सम्मेलन गरी घटनाको जानकारी दिएको हो । शवको पोष्टमार्टम कात्तिक १७ गते धुलिखेल अस्पतालमा गरिएको छ ।