INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारको क्रममा महिलाको मृत्युपछि छानबिनका लागि समिति गठन

भरतपुर महानगरपालिका-१२ मुनालचोककी ३९ वर्षीया सम्झना काफ्लेको भदौ ४ गते राति १० बजे उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले छानबिनका लागि समिति गठन गरेको छ ।

भरतपुर अस्पतालका फिजिसियन कन्सल्टेन्ट डा. प्रकाश खतिवडाको संयोजकत्मा नौ सदस्यीय छानविन समिति बनाइएको मृतकका आफन्त समेत रहेका छानविन समितिका सदस्य अधिवक्ता रमेश काफ्लेले जानकारी दिनु भयो ।

समितिमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत अन्तिम सिन्जाली, बीपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका एनेस्थेसियन डा. प्रदीप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, अनुसन्धान अधिकृत अजय शर्मा, पीडित पक्षका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, मन्दिरा काफ्ले रहनु भएको छ ।

भरतपुर अस्पतालका शाखा अधिकृत तुलसीराम आचार्यलाई सदस्य सचिव तोकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो ।

छानबिन समितिले सात दिनभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पनि उक्त घटनाबारे छानबिन गर्न अनुरोध गर्ने प्रजिअ यादवले बताउनु भयो ।

समिति गठन भएपछि मृतकका आफन्तले पनि शव बुझेर लैजाने सहमति गरेको उहाँको भनाइ छ । पाठेघरको ट्यूमर फाल्ने क्रममा उपचारमा बेहोस बनाएलगत्तै मुटुमा समस्या भइ काफ्लेको निधन भएको अस्पतालका मेसु डा. कृष्णप्रसाद पौडेलले बताउनु भयो ।

अन्य

भिडियो