१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका–१ महेन्द्रबस्तीका २० वर्षीय बिमलसिंह विक र बलात्कार गर्न सहयोग गरेको आरोपमा सोही ठाउँका १८ वर्षीय राजेश शाहीलाई ०८३ साउन ११ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितहरुले साउन १० गते राति भेट्न बोलाएर कोठा भित्र थुनी बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ११ इलाका प्रहरीमा कार्यालय, त्रिभुवनवस्तिमा उजुरी दिएका छन् ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीका सई बसन्त भुलले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १२ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।