सुनसरीको पूर्व–पश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सूचना जारी गर्नु हुँदै ०८३ साउन १२ गते अपरान्ह साढे तीन बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गर्नुभएको छ।
प्रशासनले इटहरी पक्ली देखि कोशी व्यारेज क्षेत्रमा आवतजावत तथा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न निषेध गरेको जनाएको छ। कर्फ्यु जारी भएको पत्र अनुसार कर्फ्यु क्षेत्र पूर्व इटहरी उपमहानगरपालिकाको पक्कली चोकसम्म, पश्चिम कोशी गाउँपालिका– ८ कोशी ब्यारेजको पुल उत्तर र दक्षिण दायाँबायाँ महेन्द्र राजमार्गदेखि २ सय मिटर क्षेत्रसम्म कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न निषेध गरेको जनाएको छ।
