INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको कुटपिटबाट ई–रिक्सा चालक घाइते

बहुदरमाई नगरपालिका–८ रामनगरी का ई–रिक्सा चालक २८ वर्षीय रञ्जन साह तेली बिन्दवासिनी प्रहरी चौकीका प्रहरी जवान कौशल चौधरीको ०८० चैत २४ गतेको कुटपिटबाट घाइते भएका छन् ।

वीरगंज महानगरपालिका वडा नं. १९ तिलावे पुल नजिकै चैत २४ गते विहान आफूले चलाएको मधेश प्रदेश ०३–००२ ख १८२२ नम्बरको ई–रिक्सा रोकेर आरोपित प्रहरीले कुटपिट गरेको पीडितले बताउनु भयो ।

“पोखरियाबाट वीरगंज तर्फ जाँदैगर्दा तिलावे पुल नजिकै डियूटीमा रहेका प्रहरी जवान चौधरीले ई–रिक्सा रोक्न भनि सिटी बजाएका थिए । प्रहरीको सिटी सुनी पछाडी फर्की हेर्दा प्रहरी जवान चौधरी अर्कै तर्फ फर्केको हुनाले ई–रिक्सा अगाडि बढाउँदै हिडेको थिए”– पीडितले बताउनु भयो ।

तर, आरोपित प्रहरी बसमा चढी तिलावे पुल पारी तेल ट्याङ्की नजिक ई–रिक्सा रोकाइ “तिमी किन ई–रिक्सा नरोकेको” भन्दै अपशब्द प्रयोग गर्नुको साथै कुटपिट समेत गरेको पीडितले बताउनु भयो ।

आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत २४ गते नै उजुरी दिएको पीडितले बताउनु भयो । त्यस्तै, आरोपित प्रहरीसँग स्पष्टिकरण सोधिने इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर मोहन बिक्रम केशीले जानकारी दिनु भयो । साथै दोषीलाई कानुन बमोजिम कारवाही हुने समेत उहाँले बताउनु भयो ।

पीडितको उपचार स्थानीय स्वास्थ्य चौकीमा चैत २४ गते भयो ।

अन्य

भिडियो