लक्ष्मीपुर पतारी गाउँपालिका–६ की ५५ वर्षीया कुमिया देवी दासलाई हत्या गरेको आरोपमा उनका पति ६० वर्षीय श्रीदेव दास तत्मालाई इलाका प्रहरी कार्यालय लहानले ०८० चैत १ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई घास काट्न गएको बेला विवाद हुँदा चैत १ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको जानकारी हुना साथ प्रहरी परिचालन गरी आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिनु भयो ।
प्रहरीले घटनास्थल नियन्त्रनमा लिएर मुचुल्का उठाई सोही दिन शवको पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा पठाएको डिएसपी पाण्डेले बताउनु भयो ।