अज्ञात पक्षद्वारा सुनकोशी गाउँपालिका–१ दुम्जास्थित नेपाल टेलिकमको टावरमा चैत २ गते कुकर बम विष्फोट गराइएको छ ।
दुम्जा बिपि पार्कमा रहेको नेपाल टेलिकम टावरलाई लक्षित गर्दै विष्फोट गराइएको कुकर बमले भवनको झ्यालमा सामान्य क्षति भएको छ ।
राती ३ बजेका समयमा टेलिकमको टावरमा विष्फोट भएको आवाज आएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी, कुशेश्वर दुम्जाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालले बताउनु भयो ।
डिएसपी दाहालका अनुसार घटनास्थलमा कुकरको विर्को झ्यालमा अड्किएको, कुकरको भाग भुईमा रहेको, नजिकै दुईवटा पेट्रोलको गन्ध आउने खाली बोतल र जनमुक्ति सेना नामक पर्चा पम्प्लेटसमेत फेला परेको छ ।
घटनामा सङ्लग्न व्यक्तिहरूको खोजी भइ रहेको डिएसपी दहालले बताउनु भयो ।