INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा कैद तथा जरिवाना

१४ वर्षीया बालिकालाई धनगढीमाई नगरपालिका–१४ का २९ वर्षीय मुकेश भन्ने धनबहादुर तामाङ्गले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १८ वर्ष कैदको फैसला ०८० फागुन ३० गते गरेको छ ।

जिल्ला अदालतका न्यायधीश मनोेज केसीको एकल इजलासले आरोपितलाई कसुरदार ठहर गरेको छ । साथै आरोपितले पीडितलाई ६ लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने समेत फैसला अदालतले गरेको छ ।

आरोपितले बालिकालाई ०७८ साउन १० गते बलात्कार गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा साउन १० गते उजुरी दिनु भएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा साउन १० गते भएको थियो । इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई साउन १० गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित भदौ २ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

अन्य

भिडियो