INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सिरहा नगरपालिका—६ की ६० वर्षीया निर्मला साहको हत्या गरेको आरोपमा उनका पति ६५ वर्षीय रामउदगार साहलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८० फागुन २७ गते गिरफ्तार गरेको छ ।

घाँस काट्न गएका पति पत्नीबीच घरायसी विवाद हुँदा आरोपित पति रामउदगार साहले हँसियाले काटेर फागुन २७ गते हत्या गरेको स्थानीयले जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सन्तोष आचार्यले बताउनु भयो ।

उजुरी आएपछि पोष्टमार्टम गरिने र म्याद थप गराएर घटनाको अनुसन्धान प्रकृया अगाडि बढाउने एसपी आचार्यले बताउनु भयो ।

अन्य

भिडियो